सांसद प्रदीप यादवलाई आफूबारेको आरोप प्रमाणित गर्न खेलकुद मन्त्रीको चुनौती

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०२-२६
  • |
  • 434 पटक हेरिएको

काठमाडौं । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले संघीय सांसद् प्रदीप यादवलाई आफूमाथि लगाएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । संघीय संसदमा पेश भएको बजेट माथिको छलफलका क्रममा सांसद यादवले मन्त्री विश्वकर्मालाई अखिल नेपाल फुटबल संघ एन्फाबाट १७ करोड लिएको आरोप लगाएका थिए ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले केही दिन अघि दिएको अभिव्यक्तिलाई जोडेर बोल्ने क्रममा सांसद यादबले भनेका थिए ‘मन्त्री ज्युलाई एन्फाले पनि बडा माया गरेको छ, उहाँलाई १७ करोड दिएको छ भन्ने पनि सुनेको छु, त्यसैले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि मन्त्रीकै मायाले यस्तो बोल्नु भएको होला ।’

मन्त्रालयगत बजेटमाथिको टिप्पणीका क्रममा यस्तो आरोप लागेपछि मन्त्री विश्वकर्माले पनि बजेटको जवाफ दिने क्रममा सांसद यादवको नाम उच्चारण नै नगरी यसलाई प्रष्ट पारेका थिए । मन्त्री विश्वकर्माले एन्फाले मात्रै होइन समग्र खेल संघले आफूलाई माया गर्ने गरेको बताएका थिए । एन्फाको प्रशंगमा आफूलाई लागेको प्रमाणित गरेर देखाउन पनि सांसद यादवलाई चुनौती दिए ।

आफूले गलत काम केही पनि नगरेको बताए । कास्कीका एन्फाले बनाउने टेक्निकल सेन्टरसँग जोडेर आफूलाई विवादमा ल्याउन खोजिएको हो भने यस विषयमा आफू संलग्न नभएको बताए । टेक्निकल सेन्टर बनाउने कुरा एन्फाको केन्द्रीय समितिबाट निर्णय हुने हो । यो विषय मन्त्रालय सम्म आएको छैन । मन्त्री विश्कर्माले भने ।
सांसद यादवले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको भन्ने प्रश्नको पनि मन्त्रीले जवाफ दिएका छन् । नवौं राष्ट्रिय खेलकुदका कारण कास्कीमा बजेट धेरै गएको स्वीकार गर्दै आफ्नो निर्वाचन क्षेत्र नम्बर ३ मा नगएको बताए । यसैगरी विरगञ्जको नारायणी रंगशालालाई प्रादेशिक रंगशालाको रुपमा विकास गर्नका लागि आफूहरु लागि परेको पनि बताए ।
यस्तै तराई मधेसमा प्रख्याखत कुस्ती र कबड्डीको विकासका लागि सरकारले ध्यान दिइरहेको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey