प्रशिक्षक जगदीश प्रसाद भट्टले सम्झने नेपाली पुरुष भलिबलका प्रतियोगिताहरु कुन कुन ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-०१-२१
  • |
  • 567 पटक हेरिएको

काठमाडौं, २१ वैशाख । भलिबल नेपालको राष्ट्रिय खेल हो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको थियो । भलिबल राष्ट्रिय खेल भएसँगै यसका प्रतियोगिताहरु पनि क्रमश बढ्दै गएका छन् । यस बीचमा नेपाली महिला टिमले ऐतिहासिक उपलव्धि एभीसी सेन्ट्रल जोनको स्वर्ण पदक जितिसकेको छ भने सागमा रजत पदक हात पारेको छ । यसैगरी पुरुष भलिबलले पनि सेन्ट्रल जोनमा कास्य पदक जितेको छ ।

नेपाली भलिबलको कुरा गर्दा पहिला पुरुष भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको हो । नेपालले पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता सन् १९७७ मा पाकिस्तानमा भइएको कायदा आलम अन्तर्राष्ट्रिय आमन्त्रण कप खेलेको थियो । त्यतिबेला नेपाली टिमको नेतृत्व ऋषीराम पोखरेलले गर्नुभएको थियो ।

त्यसपछि नेपालले १९७८ मा बैंककमा भएको एशियन गेम खेलेको थियो । १९८२ मा दिल्ली, १९८६ मा सिओल कोरियामा एशियन गेम खेलेको थियो । त्यसपछि नेपालले २०१८ मा ३२ वर्ष पछि इन्डोनेशियामा नेपालले एशियन गेम खेलेको थियो । यसैगरी कोलकत्तामा १९८९ मा भएको तेस्रो दक्षिण एशियाली खेलकुद सागबाट पुरुष भलिबलले सहभागीता पाएको थियो । र नेपालमा गत वर्ष भएको १३ औं दक्षिण एसियाली खेलकुदमा पनि भलिबल समावेश थियो । सागमा भने नेपाली भलिबल टिमले त्यति उल्लेख्य सफलता हासिल गर्न भने सकेको छैन ।
यसबीचमा पुरुष भलिबल टिमले एभीसी सेन्ट्रल जोन र जापानमा भएको एशियन च्याम्पियनसिप पनि खेलेको छ । जापानमा नेपालले १९८४ मा खेलेको थियो ।

नेपाली पुरुष भलिबल टिमले हात पारेको सर्वाधिक ठूलो सफलता भनेको २०१७ मा माल्दिभ्समा भएको तेस्रो संस्करणको एभीसी सेन्ट्रल जोनमा हो । उक्त प्रतियोगितामा नेपालले कास्य पदक जितेको थियो ।

उक्त प्रतियोगितामा घरेलु टोली माल्दिभ्सलाई पराजित गर्दै नेपालले ऐतिहासिक कास्य पदक जितेको थियो । उक्त खेल एकदमै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो सेट गुमाएको नेपालले दोस्रो सेट २४–२१ ले पछि रहेको अवस्थामा कमब्याक गरको थियो ।

इण्डोनेशियामा भएको २०१८ को एशियन गेम्समा श्रीलंका जस्तो शक्तिशाली देशलाई टक्कर दिएका थियौं । श्रीलंकाले पाकिस्तानलाई हराएको थियो । उक्त प्रतियोगितामा नेपाल ३२ वर्ष पछि सहभागी भएको थियो भने एशियाको १५ औं स्थानमा आएको थियो । त्यतिबेला मंगोलिया र कीर्गिस्तानलाई हरायौं भने कोरिया, श्रीलंका र चाइनीज ताइपेयीसँग पराजित भएका थियौं । श्रीलंकासँग पराजित भएपनि उक्त खेल एकदमै उपलव्धि मूलक मानिन्छ ।

नेपालले सन् २०१४ मा अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगिताको मेडल काउन्ट भने एफआईभीवी र एभीसीले गरेका थिएनन् । त्यो प्रतियोगितामा पनि नेपालले कास्य पदक जितेको थियो । त्यतिबेला हामीले अफगानिस्तानलाई पराजित गरेका थियौं ।

अर्को स्मरण योग्य पुरुष भलिबल भनेको २०१० मा बंगलादेशमा भएको ११ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता हो । इमराना मगरको कप्तानीमा बंगलादेशलाई उसकै भूमिमा हामीले पराजित गरेका थियौं । त्यो पनि ऐतिहासिक गेमको रुपमा म स्मरण गर्छु ।

यसैगरी २०१६ मा हामीले हङकङमा मैत्रीपूर्ण खेल खेलेका थियाैं । जसमा २ वटा खेलमा हामीले एउटामा ५ सेट र अर्केमा चार सेट सम्म खेलेका थियाैं ।

आन्तरिक प्रतियोगिताको कुरा गर्दा २०७५ सालमा काठमाडौंमा भएको एनभीए लिगमा त्रिभुवन आर्मीले फाइनलमा हेल्प नेपालको टिमलाई हराएको गेम पनि निकै नै सम्झन लायक गेमको रुपमा म लिन्छु । उक्त प्रतियोगितामा हेल्प नेपालले भारतीय टिमका चार जना खेलाडीलाई खेलाएको थियो ।
(नेप्लेजकर्मी मुक्तिबाबु रेग्मीले प्रशिक्षक भट्टसँग गरेको कुराकानीका आधारमा ।)

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey