खेलकुद गतिविधी नहुँदा दशरथ रंगशालाको फेरिएको रुप (भिडियोसहित)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-३०
  • |
  • 404 पटक हेरिएको

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको फुटबल मैदान मर्मत कार्य जारी रहेको छ । मुलुक लकडाउनमा रहेका बेला सामाजिक दूरी कायम गरि अहिलेपनि भित्री मैदानमा घाँस काट्ने र पानी हाल्ने काम जारी रहेको छ ।

ए डिभिजन लिग फुटबलको अन्तिम खेलपछि दशरथ रंगशालामा कुनै पनि खेलकुदका गतिविधि भएका छैनन् । कोरोना भाइरसको महामारीका कारण अहिले विश्व खेलकुद नै स्थगन भएका बेला नेपाल पनि यसबाट अछुतो छैन । जसका कारण सबै खेलकुद गतिविधिहरु स्थगित भइसकेका छन् । यसबीचमा मैदानमा बढेको घाँस काट्ने काम भने गरिएको छ ।

पहिलो चरणको घाँस काट्ने काम सकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । विगत पाँच दिनमा थोरै कामदार लगाएर यो काम गरिएको राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेश सिलवालले बताए । अहिले कुनै खेलकुद गतिविधिहरु नभए पनि मैदानमा रहेको घाँस नकाटे पछि झनै समस्या हुने भएकाले लकडाउनको पूर्ण कार्यान्वयन गर्दै काम गरिएको पनि बताए ।

अहिले मैदान हरियो र चिटिक्कि देखिएको छ । हेरौं यो भिडियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey