कोरोना भाइरस : स्वयंसेवकको रुपमा परिचालित हुन खेलाडीलाई मन्त्रालको आग्रह

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-२६
  • |
  • 272 पटक हेरिएको

काठमाडौं, २६ चैत ।   युवा तथा खेलकुद मन्त्रालयले कोरोना भाइरस प्रभावितहरुलाई राहत वितरणका लागि स्वयंसेवक परिचालन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको बैठकले उनैकै संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल सदस्य छन् ।

यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारी, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुंगाना, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतम, युवा विज्ञ माधव ढुंगेल छन् । समितिको सदस्य सचिवमा मन्त्रालयका सहसचिव डा. मानबहादुर विके रहेका छन् ।

गत २४ गते बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुदमन्त्रीको अध्यक्षतामा समिति गठन गरेर युवा तथा खेलाडीहरुलाई राहत वितरणमा स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको थियो । त्यसैको तयारी स्वरुप मन्त्रालयमा वुधबार बैठक बसेको हो ।
बैठकले सामाजिक दूरी कायम राखनी सावधानीपूर्वक परिचालित हुन युवा, खेलाड़ी तथा नेपाल स्काउटलाई आग्रह गरेको छ ।

याे पनि

कोरोना प्रभावितलाई राहत बाँड्न खेलाडी परिचालन

[better-wp-embedder width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”78976″ /]

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey