ओलम्पिकका लागि पुरानै छनोट यथावत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-१५
  • |
  • 607 पटक हेरिएको

विश्वभर महामारीको रुप लिइरहेको कोराना भाइरसका कारण जुलाइमा टोकियोमा निर्धारित ग्रिस्मकालीन ओलम्पिक १ वर्ष धकेलिएको छ ।
मिति निर्धारण भइ नसके पनि ओलम्पिक १ वर्ष धकेलिएको अवस्थामा छनोट प्रक्रियाबारे अन्यौल सुरु भएको छ ।

तर नेपालको सहभागिताको हकमा भने नेपाल ओलम्पिक कमिटीले ओलम्पिक सहभागिताको भ्रम हटाउने प्रयास गरेको छ । ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय सांसद जीवनराम श्रेष्ठले ओलम्पिकको छनोटका लागि सर्टलिस्टमा परेका र ओलम्पिक स्कलरसिप अन्तर्गत जापानमा प्रशिक्षणसहित अध्ययन गरिरहेका खेलाडी यथावत रहने जानकारी दिएका छन् ।

नेपाल ओलम्पिक कमिटीले टोकियो आलम्पिकका लागि ७ खेलका १२ खेलाडीलाई छनोट तथा वाइल्ड कार्ड प्रवेशका लागि सिफारिस गरेको थियो । तीमध्ये केहि ओलम्पिक स्कलरसिप अन्तर्गत जापानमा प्रशिक्षणसहित अध्ययनरत छन् ।

सिफारिस भएका खेलाडीहरुमा कराँतेका अनु अधिकारी र नवीन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर, तेक्वान्दोका वीरबहादुर महरा, शुटिङका सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनका कमला श्रेष्ठ र सन्जु चौधरी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्ट तथा बक्सिङकी मिनु गुरुङ छन् ।

एथ्लेटिक्सका १ र पौडीका २ खेलाडीले भने अनिवार्य कोटा अन्तर्गत सहभागिता जनाउनेछन् । जस अन्तर्गत पौडीबाट गौरीका सिंह एलेक्स शाहले ओलम्पिक खेल्दैछन् भने एथ्लेटिक्स संघले अहिलेसम्म ओलम्पिक खेल्ने आफ्ना खेलाडीको नाम दर्ता गरेको छैन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey