बैशाखमा हुने भलिबल प्रतियाेगिता प्रभावित हुने, नयाँ मितीमा सार्ने तयारीमा संघ

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-०९
  • |
  • 216 पटक हेरिएको

विश्वमा निकै त्रास मच्चाइरहेको कोरोना भाइरसको संभावित संक्रमणबाट बच्नका लागि यतिबेला नेपाल सरकारले नै विशेष सावधानी अपनाउन निर्देशन दिएको छ ।

जसका कारण २५ जना भन्दा बढि मानिस भेला हुन नपाउने, सबै कार्यक्रमहरु स्थगित गरिएको छ । यस्तैमा अहिलेको यो परिस्थितीका कारण नेपाल भलिबल संघको क्यालेन्डरमा पनि असर पर्ने भएको छ ।

जसमा संघले आयोजना गर्नै भलिबल लिग तथा नयाँ बजारमा हुने पुरुष भलिबल र प्रधानसेनापती कप पुरुष भलिबल प्रतियोगिता पछाडी सर्ने संभावना रहेको छ ।

निर्धारीत तालिका अनुसार बैशाखको पहिलो साता नयाँ बजारमा पुरुष भलिबल प्रतियोगिता दोस्रो साता संघको आयोजनामा महिला र पुरुष भलिबल लिग त्यसपछि अन्तिम साता प्रधानसेनापती पुरुष भलिबल गर्ने थियो ।

तर कोरोनाका कारण यतिबेला सबै गतिविधी ठप्प हुँदा नेपाल भलिबल संघले आफ्नो कार्यक्रमलाई सार्ने तयारी गरेको छ । संघका अनुसार बैशाखको दोस्रो साता हुने लिग भलिबललाई जेठमा सार्ने तयारी गरिरहेको बताएको छ ।

अहिलेको परिस्थितीमा सुधान नआएमा तोकेको मितीमा प्रतियोगिता गर्न कठिन रहेको भन्दै विकल्प खोजिन थालेको संघले जनाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey