ओलम्पिककाे बाेर्ड बैठक पाेखरामा सुरू

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१२-०३
  • |
  • 249 पटक हेरिएको

नेपाल ओलम्पिक कमिटीको बोर्ड बैठक आजबाट पोखरामा शुरु भएको छ । दुई दिन सम्म चल्ने बोर्ड बैठक राजधानी बाहिर पहिलो पटक भएको हो ।

बोर्ड बैठकले संघीय संरचना अनुसार सातै प्रदेशमा ओलम्पिक कमिटि गठन गर्दै ईन्चार्ज समेत तोकेको हो ।

बैठकले प्रदेश एकको ईन्चार्जमा पिताम्बर तिम्सिना, प्रदेश दुईको अशोक बज्राचार्य, प्रदेश तीनको शुुनिलकुमार श्रेष्ठ, प्रदेश चारको तेज गुरुङ, प्रदेश पाँचको तुलसी थापा, प्रदेश ६ को दिपकहर्ष बज्राचार्य र प्रदेश ७ को रतन टण्डनलाई तोकेको छ ।

बैठकले सातै प्रदेशनमा ईन्जार्च सहितको प्रदेश कमिटि गठन गरेको हो । प्रदेश कमिटिले संघीय संरचना अनुसार प्रदेशको खेलकुद गतिविधिको संयोजन गर्नेछन् ।

बैठकका लागि एनओसीको अध्यक्ष तथा प्रतिनिधी सभाका सांसद जिवनराम श्रेष्ठ सहित १९ सदस्यिय कार्य समितीका सम्पुर्ण पदाधिकारी सहितको टोली बैठकमा सहभागिता रहेको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद भव्यताका साथ सम्पन्न गर्न सबै संघहरुले महत्वपुर्ण भुमिका खेलेको बताउँदै र सो बेला व्यवस्थित रुपमा बैठक बस्न नसकिएको जानकारी दिंदै अध्यक्ष श्रेष्ठले आगामी एसियाली खेलकुद र ओलम्पिकका बारेमा समेत बैठकमा गहन छलफल हुने बताए । आगामी जापानमा हुने टोकियो आलम्पिकका बारेमा समेत आइओसी संग छलफल हुने बताए ।

विश्वमा महामारीको रुपमा देखिएको कोरोनाका कारण केही खेलका क्वालिफाइङ राउण्डका खेलहरु हुन नसकेको जानकारी दिंदै हाल सम्म नेपालमा छनौटमा परेका तिन जना खेलाडीलाई शुरक्षित आधारमा प्रशिक्षणलाई निरन्तरता दिने बताए । उनले वाइल्ड कार्डका आधारमा ओलम्पिकमा दिइने सहभागितका लागि हुने क्वालिफाइङ राउण्डका खेलहरु आगामी जुन सम्म हुने जानकारी दिए ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey