अन्तरविद्यालय टेबलटेनिसमा आरतीलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१७
  • |
  • 506 पटक हेरिएको

प्रभातकी आरती सुवालले चौथो आरुणी कप उपत्यकाव्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् ।

आरुणी स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आरतीले प्रभातकै कृतिका तामाङलाई ११–६, १२–१० र ११–७ को सोझो सेटमा पराजित गरिन् ।

यु–१४ गल्र्स सिंगल्समा प्रोक्सिमा इन्टरनेसनल एकेडेमीकी दिया देउला प्रथम भइन् । दियाले फाइनलमा ब्लु बर्डकी सतिष्मा थापालाई ११–५, ११–५ र १६–१४ को सीधा सेटमा हराइन् ।

यु–१२ गल्र्स सिंगल्स फाइनलमा प्रभातकी क्यारिना सुवालले आयोजक आरुणीकी स्नेहा बस्नेतलाई ११–७, ११–३ र ११–७ को सोझो सेटमा पाखा लगाउदै स्वर्ण जितिन् ।

यु–१० गल्र्स सिंगल्समा युलेन्सकी शुभश्री श्रेष्ठले बाजी  मारिन् । फाइनलमा शुभश्रीले प्रोक्सिमाकी नर्मदा खाइतुलाई सोझो सेटमा ११–७, ११–३ र ११–८ ले पन्छाइन् ।
प्रतियोगितामा विभिन्न ३२ विद्यालयका ३ सय १६ खेलाडीको सहभागिता रहेको आरुणीका प्रिन्सिपल हिक्मत दाहालले जनाएका छन् । ब्वाइज÷गल्र्समा विभिन्न १० स्पर्धा समावेश प्रतियोगिता आइतबार सम्पन्न हुने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey