लोयल्टी कपमा एलएको ह्याट्रिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-१६
  • |
  • 226 पटक हेरिएको

काठमाडौं, १६  फागुन। लिटिल एन्जल्स (एलए) ले दसौं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ ।

एकताबस्तीस्थित आयोजक लोयल्टी एकेडेमीको मैदानमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन एलएले सिद्धार्थ बनस्थलीलाई ३–० ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । एलएले उपाधि जितेको लगातार तेश्रो पटक हो ।

फाइनलको ‘म्यान अफ द म्याच’ एलएका तुसानमान सिंहले २ गोल गरे । बाँकी १ गोल प्रसुन तुलाधरले थपे । डिफेन्समा एलएका दिवस घर्ती मगर, मिडफिल्डमा सिद्धार्थ बनस्थलीका जेनिश रेग्मी, स्ट्राइकरमा एलएका प्रसुन तुलाधर, प्रशिक्षकमा एलएका राजेन्द्र कार्की र गोलरक्षकमा सिद्धार्थ बनस्थलीका अनिकेत तामाङ उत्कृष्ट चुनिए । टाइमलाइनले अनुशासित टिमको उपाधि हात पार्‍यो ।

विजेतालाई केन्द्रीय प्याब्सनका उप–महासचिव आरबी कट्वाल, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन ११ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १२ टिम सहभागी थिए ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey