आरसी-३२ शीर्ष स्थानमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२६
  • |
  • 500 पटक हेरिएको

काठमाडौं । आरसी-३२ फुटबल एकेडेमी सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बुधबार सम्पन्न खेलमा स्पोर्टस एकेडेमी साँगालाई २-० ले पराजित गर्दै आरसी ३२ शीर्ष स्थानमा उक्लिएको हो। 

आरसी-३२ लाई जित दिलाउन सुजन बलम्पाकीमगर र सञ्जय सुब्बाले समान १/१ गोल गरे।

जितसँगै जारी सिजन ७ खेलबाट आरसी-३२ ले १६ अंक जोडेको छ। समान खेलबाट ९ अंकसहित पराजित साँगा छैटौं स्थानमा रहेको छ।

खेलको १०औँ मिनेटमा सुजनको गोलमार्फत आरसी ३२ ले शुरुआती अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको आसरी-३२ ले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो।

आरसी-३२ का लागि ६५औं मिनेटमा सञ्जयले गोल गर्दै लाई २-० को जित दिलाए। 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey