अमृत र इबीए विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-११-०५
  • |
  • 594 पटक हेरिएको

अमृत र आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ‘बी’ ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्स थ्री बाइ थ्रीमा सोमबार जित हात पारेका छन् । दुवैले एनआईसीलाई पराजित गरे ।

अमृतले एनआईसीलाई १७–१४ तथा इबीएले एनआईसीलाई १९–१५ ले हराए । अमृतकी दिया न्यौपानेले ८ तथा इबीएकी अस्मिता विकले ९ अंक जोडे ।

जुनियर ब्वाइजमा मातृभुमिले दोहोरो जित निकाल्यो । पहिलो खेलमा मातृभुमिले नव ज्ञानभुमिलाई २९–२५ ले पाखा लगायो । विजेताका अभिनव गुरुङले १२ अंक योगदान गरे ।

अर्को खेलमा अभिनवकै १४ अंक सहयोगमा मातृभुमिले भक्तिलाई २२–१९ ले पन्छायो । नेपाल मोडेल पनि दुई खेलमा जित हात पार्न सफल भयो । नेपाल मोडेलले फ्युजन एकेडेमीलाई २३–१७ तथा स्किम्सलाई २६–२० ले निराश पार्‍यो । फ्युजन विरुद्ध नेपाल मोडेलका कृष्ण काफ्लेले १३ तथा स्किम्स विरुद्ध नेपाल मोडेलका प्रनिश अधिकारीले ९ स्कोर गरे ।

जुनियर ब्वाइजमै नव ज्ञानभुमिले काठमाडौं ग्लोबललाई २५–२० तथा भ्याली पब्लिकले अमृतलाई २०–१८ ले पराजित गरे । नव ज्ञानभुमिका विपिन श्रेष्ठले १२ तथा भ्याली पब्लिकका सौगातले ९ अंक बटुले ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey