ओमानले नेपाललाई एकदिवसीय क्रिकेट कसरी खेल्ने भन्ने पाठ सिकाएकाे खेल…

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२६
  • |
  • 258 पटक हेरिएको


आइसीसी विश्वकप क्रिकेट लिग दुईमा नेपाल र ओमान विरुद्धको दोस्रो एकदिवसीय खेलमा पनि नेपालले हार ब्यहोर्नपुग्यो । स्कोरबोर्डमा डिफेन्डेबल स्कोर जोड्दापनि नेपाली टिम आठ विकेटको भारी अन्तरले हार्न पुग्यो । २५० रन बनाउँदापनि जित निकाल्न नसकेपछि नेपाली टिम केहि ओलोचित बनेको छ ।

सन् २०१३ पछि ओमान विरुद्ध ५० ओभरको खेलमा लगातार हार ब्यहोर्दै आएको नेपालका लागि आइतबारको खेलमा जीत निकाल्ने सुनौलो मौका थियो । तर उसले त्यसलाई आत्मसाथ गर्न सकेन । ओमान विरुद्ध दोस्रो एकदिवसिय खेलमा पनि पराजित भएको नेपाल हार्नुका तीन कारण यस्ता छन ।

१. उचित निर्णयको कमी

टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा २५० रन बनाएपछि प्राय सबै क्रिकेटप्रमीलाई लागेको थियो नेपालले दोस्रो जित निकाल्छ भनेर । तर त्यसो हुन सकेन । दुबै इन्डबाट नयाँ बल प्रयोग गरिएको खेलमा नेपाली टिमले उचित समयमा उचित बलरको प्रयोग गर्न सकेन । ओमान विरुद्ध कप्तान ज्ञानेन्द्रले सात जना बलर प्रयोग गरे ।

तर उनले सुरुवातमा नै एकपछि अर्को गरि बलर परिवर्तन गरे । अमेरीका विरुद्ध जित निकाल्दा तिब्रगतिका बलर करण केसी र स्पिनर सन्दिपले जुन किसिमले सुरुवातमा नै विकेट लिएर दबाव दिएका थिए, त्यहि अपेक्षामा एक इन्डबाट तिब्रगतिको र अर्को इन्डबार स्पिनर लगाएका थिए । तर ओमानी खेलाडीले दुबै बलरलाई सहज रुपमा खेले । ओमानको बलिङमा पनि स्पिनर भन्दा तिब्रगतिका बलरले राम्रो गरेका थिए । तर नेपाल भने असफल बन्यो ।

२. कमजोर बलिङ

ओमान विरुद्ध नेपाली बलर पुर्ण रुपमा असफल बने । त्यसमा पनि निकै आशा गरेका खेलाडी सन्दिप लामिछाने फेल नै भए । स्कोरबोर्डमा मध्यम स्कोर रहेका बेला त्यसलाई डिफेन्ड गर्ने ध्यानमा नेपाल विकेटको खोजीमा त रह्यो । तर ओमानले नेपालको आक्रमणलाई सजिलै पार गर्यो । चाहे त्यो तिब्रगतिको बलर होस या स्पिनर ।

ओमान विरुद्ध कुशल मल्ल र पारस खड्काले केहि राम्रो बलिङ गरेपनि बाँकी बलरले फितलो प्रदर्शन गरे । करण केसीले नौ ओभरमा ४४ रन खर्चिदा सबै भन्दा महंगो बलर बनेका सन्दिपले १० ओभरमा ६५ रन दिए । यस्तै आजको खेलमा डेब्यु गरेका कमलसिंह ऐरीले २९ रन तथा सुसान भारीले सात ओभर दुई बलमा ४१ रन खर्चिए ।

आजको खेलमा सन्दिप लामिछानेले आफ्नो स्तर अनुसारको बलिङ नगरेको देखियो । उनले रन कन्ट्रोलमा खासै ध्यान नदिएको देखियो । पारीको सुरुवाती १० ओभरमा चार बलरलाई नै उतार्दा ओमानले सबैलाई राम्रासँग बुझ्ने मौका पाए । जसका फाइदा विशेष गरि अकिव लियास, खवार अली र जिसान मक्सुदले उठाए । जसका परिणाम खवारले ४१ रन बनाए भने लियासले सतक बनाए । उनी एकदिवसिय क्रिकेटमा शतक बनाउने पहिलो ओमानी क्रिकेटर बने ।

यस्तै जिसानले पनि ६८ रन बनाए । यी दुई खेलाडीले तेस्रो विकेटका लागि एक सय ६७ रनको साझेदारी गरे । जुन कुनैपनि ओमानी खेलाडीले गरेको अहिलेसम्म कै उच्च साझेदारी थियो । एउटै पिचमा एकातिर कुशल मल्ल र सुसान भारीले ओमानलाई ब्याकफुटमा खेलाइरहदा तीनै खेलाडी सन्दिप विरुद्ध आरामले रन लिइरहेका थिए । तिब्रगतिका बलर करण केसीले सुरुवाती ओभर राम्रो गरेपछि पछि ओमानी ब्याट्सम्यान हावी भए ।

३, आरिफको क्याच मिस ओमानको टर्निङ पोइन्ट

ओमानको स्कोर ८३ रनमा दुई विकेटको अवस्थामा ब्याटिङमा आएका जिसान मक्सुद र अकिव लियासले ओमानलाई जुनकिसिमको साझेदारी गरेर जित दिलाए । त्यसमा कमजोरी नेपालको नै थियो । नेपाल विरुद्ध शतक प्रहार गरेका लियास ब्यक्तिगत ३७ रन हुँदा करण केसीको बलमा आरिफ शेखले क्याच गुमाउन पुगे ।

यदि सो क्याच लिएको भए, खेलको सिनारियो अर्कै हुने थियो । सो बेला मक्सुद मात्र ६ रनमा खेलिरहेका थिए । एकपटक जिवनदान पाएपछि लियासले त्यसपछि एउटा पनि फितलो सट प्रहार गरेनन् । जति जति साझेजारी बढ्दै गयो, त्यति नै उनीहरुले नेपाली बलरमाथि आफ्नो प्रभाव जमाउँदै गएर उत्कृष्ट साझेदारी मात्र गरेनन् टिमलाई आठ विकेटको जित दिलाए ।

जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी लियासको त्यो क्याच नै उसको जितमा टर्निङ पोइन्ट बन्न पुग्यो ।

नेपालले जारी प्रतियोगितामा दोस्रो खेलमा हार्नु एउटा पक्ष हो । खेलमा हारजित भइ नै हाल्छ, तर आज बलिङमा जुन किसिमको फितलोपन देखियो र ओमानी ब्याट्सम्यानमा जुन धैर्यता देखियो, त्यसले ओमानले नेपाललाई एकदिवसिय क्रिकेट कसरी खेल्ने भन्ने पाठ पक्कै सिकाएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey