इनोभेटिभ बास्केटबल भोलिदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-२०
  • |
  • 201 पटक हेरिएको

इनोभेटिभ इङलिस स्कुलको आयोजनामा नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १० र सिनियर गल्र्समा ७ गरी १७ टिमको सहभागिता रहने इनोभेटिभका एकेडेमिक डाइरेक्टर हर्कबहादुर थापाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । दुवै समूहमा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने इनोभेटिभका प्रिन्सिपल विजय थापाले जानकारी  दिए । ब्वाइज र गल्र्स दुवैमा गत संस्करणको उपाधि विल्सन एकेडेमीले जितेको थियो । फाइनल माघ २७ गते हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey