अर्किड सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१९
  • |
  • 261 पटक हेरिएको

अर्किड नवौं फिजम कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको  छ ।
पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा अर्किडले लाइसियमलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।
संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) द्वारा आयोजित प्रतियोगितामा नेक्सस, न्यु होली क्रस र डिफेन्डिङ च्याम्पियन ग्लोबल पब्लिक सेमिफाइनलमा पुगे ।
नेक्ससले मोनास्टिकलाई ४–१ गोलले हरायो । नेक्ससबाट चारै गोल दिपन कट्वालले गरे । मोनास्टिकका सुदिप गोलले सान्त्वना गोल गरे । न्यु होली क्रसले न्यु भिजन एकेडेमीलाई ३–१ गोलले पाखा लगायो । विजेताका पुजन तामाङ र अमित खड्काले गोल गरे । एक गोल आत्माघाती थियो । न्यु भिजनका एनिश खत्रीले १ गोल फर्काए । ईश्वर गिरीको निर्णायक गोलमा ग्लोबलले बेस्ट ग्रुप भिजनलाई १–० गोलले पन्छायो । सेमिफाइनलमा नेक्ससले न्यु होली क्रस तथा ग्लोबलले अर्किडको सामना गर्ने छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey