एसियन पब्लिकको विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१९
  • |
  • 149 पटक हेरिएको

एसियन पब्लिक स्कुले प्रथम काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेको छ ।
काठमाडौं महानगर प्याब्सन कमिटीको आयोजनामा बौद्धस्थित एरिना फुटसलमा भएको खेलमा एसियनले एआईएलाई १–० गोलले पराजित गर्‍यो ।

अन्य प्रतिस्पर्धामा समता शिक्षा सदनले विट्स एकेडेमीलाई ४–१ र क्याम्ब्रिजलाई २–१, तारा सदनले गोल्डेनपिकलाई १–०, एप्पल इन्टरनेसनल स्कुलले जेभियर इन्टरनेसनल स्कुललाई १–०, सेन्चेनले ज्ञान मालालाई ४–२, एलिक्सरले बौद्ध चिल्ड्रेन हेभेनलाई १–०, अनमोल ज्योतिले चन्तन्य शंख स्कुललाई १–०, लुम्बिनी एकेडेमीले सुप्रिमलाई ५–३ तथा कौस्तुभले जेनेसिसलाई १–० गोलले हराए । विट्सले काठमाडौं जेभियर तथा क्याम्ब्रिजले काठमाडौं जेभियरबाट वाक ओभर पाए । पिस प्वाइन्ट र महर्षि, सनसाइन र प्रीतिमा तथा नेसनल स्कुल र ब्रिजवाटरले समान २–२ गोलको बराबरी खेले ।

प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा नं. ६ का अध्यक्ष दीपेन्द्र लामाले एक कार्यक्रमबीच उद्घाटन गरे । लिग कम नकआउट प्रतियोगितामा ३२ टिम सहभागी छन् । विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगदसहित पुरस्कृत गरिने छ । फाइनल मंगलबार हुने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey