हिमरश्मी सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१३
  • |
  • 195 पटक हेरिएको

हिमरश्मी पाँचौं ओप्स खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । हिमरश्मीसंगै मस्र्याङ्दी, चिल्डे«न हेराल्ड एकेडेमी (सीएचए) र प्रगति पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे ।

हिमरश्मीले श्रृजना ज्ञान सागरलाई २–१ गोलले पराजित गर्‍यो । हिमरश्मीका रोहन कुँवरले दुवै गोल गरे । श्रृजना ज्ञान सागरका सन्दिप तामाङले सान्त्वना गोल फर्काए । मस्र्याङ्दीले विभूतिलाई १–० गोलले हरायो । मस्र्याङ्दीका राजीव तामाङले निर्णायक गोल गरे ।

बाँकी दुई क्वाटरफाइनलको नतिजा पेनाल्टी सुटआउटबाट भयो । सीएचएले मनासलु तथा प्रगतिले सेक्रेड हर्टलाई समान ४–२ को नतिजामा पाखा लगाए । दुवै क्वाटरफाइनलको निर्धारित समयको खेल समान १–१ को बराबरीमा सकिएको थियो । सेमिफाइनलमा प्रगतिको भेट हिमरश्मीसंग हुने छ भने सीएचएले मस्र्याङ्दी विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey