लुम्बिनी कप फुटसलको उपाधिका लागि केब्स र इनसाइट भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-१२
  • |
  • 222 पटक हेरिएको

काठमाडौं । केब्स कलेज र इनसाइट भिजन एकेडमी ‘ए’ प्रथम लुम्बिनी कप फूटसल प्रतियोगिताको उपाधिको लागि भिड्ने भएका छन् ।
शनिबार चुच्चेपाटीस्थित लुम्बिनी एकेडमीको फूटसलमा सम्पन्न सेमिफानलमा केब्सले इनसाइट भिजन ‘बि’ लाई १–० ले हराउदै फाइनलमा स्थान पक्का गरेको हो । शनिबारै सम्पन्न दोस्रो सेमिफाइनलमा इनसाइट भिजन ‘ए’ ले साइपाल एकेडेमीलाई ४–० ले हराउदै केब्सविरुद्धको फाइनल पक्का गरेको हो ।

केब्सको सुमनलामा र इनसाइट भिजन ‘ए’ शिशिर लेखी सेमीफाइनलमा ‘म्यान अफ द म्याच’ भएका छन् । प्रतियोगितामा उपत्यकाका कुल ३२ टोलीको सहभागिता रहको थियो । प्रतियोगितालाई गत वर्ष झैं यस पटक पनि होली एजुकेसन फाउन्डेसनले मुख्य प्रायोजन गरेको छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार हात पार्नेछ भने उपविजेताले नगद २५ हजार हात पार्नेछ । प्रतियोगिताको उत्कृष्ट स्ट्राइकर, गोलकिपर र रक्षकलाई होली एजुकेसन फाउन्डेसनले आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरेको छ । फाइनल खेल आइतबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey