एपीएफ आरबीबी भलिबलकाे पुरुष तर्फ पनि फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-१०-०९
  • |
  • 387 पटक हेरिएको

सशस्त्र प्रहरीबल एपीएफ क्लब राजधानीमा जारी पाँचौं आरबीबी एनभीए भलिबल क्लब च्याम्पियनसिपको पुरुष तर्फ फाइनलमा प्रवेश गरेको छ । राखेप कर्भडहलमा आज भएको सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।

आर्मीमाथि एपीएफले प्रतिस्पर्धात्मक सेटमा जित हात पारेको हो । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको आर्मीमाथि एपिएफले पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो सेट पनि २५–२२ ले आफ्नो पक्ष्मा पारेको एपीएफले अन्तिम सेट भने २६–२४ ले जित्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey