अभ्यास खेलमा ब्रिटिश आर्मीसँग रोकियो नेपाल

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२२
  • |
  • 378 पटक हेरिएको

काठमाडौँ । इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली अभ्यास खेलमा ब्रिटिश आर्मीसँग बराबरीमा रोकिएको छ।

अल्डरसटस्थित मिलिटरी स्टेडियममा शुक्रबार राति सम्पन्न खेलमा ब्रिटिश आर्मीसँग नेपाल गोलरहित बराबरीमा रोकिएको हो।

नेपाली राष्ट्रिय फुटबल टोली पहिलो पटक इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत पुगेको हो। अल्डरसट टाउन एफसीले आफ्नै स्टेडियम इबीबीमा आउँदो मे ६ तारिखमा दुई टोलीबीच मैत्रीपूर्ण फुटबल गराउने छ।

नेपालसँग प्रतिस्पर्धा गर्न लागेको इङ्ल्यान्ड ‘सी’ राष्ट्रिय टोलीकै मान्यता प्राप्त टोली हो। यो टोलीले  इङ्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग मैत्रीपूर्ण खेल खेल्दै आएको छ। 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey