सिन्धुपाल्चोक जिल्ला लिग : उपाधिका लागि चौतारा र सदाबहार भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२२
  • |
  • 414 पटक हेरिएको

लामोसाँघु । सिन्धुपाल्चोक जिल्ला लिगको उपाधिका लागि शनिबार चौतारा स्पोर्टिङ क्लब र साविक विजेता न्यू सदाबहार युवा क्लब भिड्दै छन्। 

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा हुने खेल दिउँसो ३:३० बजे शुरू हुनेछ। जारी लिगमा अपराजित रहेको दुवै टोलीले उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।

पहिलो सेमिफाइनलमा योङ जेनेरेसन युवा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै चौताराले उपाधिनजिक पुगेको हो। सदाबहारले बलियो टोली धार्पा युवा क्लबलाई ३-० गोल अन्तरले पाखा लगायो। 

आयोजकका अनुसार फाइनल खेल तथा समानपन समारोहमा पूर्वमन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा हुनेछ। यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ पनि उपस्थित रहने आयोजकले जनाएको छ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey