आज पनि पहिला बलिङमा नेपाल

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-२२
  • |
  • 284 पटक हेरिएको

नेपालले वेस्टइन्डिज ए विरुद्ध आज पनि पहिला बलिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेस्टइन्डिज ए ले टस जित्दै ब्याटिङ रोजे पछि नेपाल फिल्डिङका लागि मैदान उत्रिन लागेको हो ।

पाँच खेलको टी २० सिरिज अन्तर्गत आज अन्तिम खेल हुन लागेको हो । नेपाली टिमले सिरिज भने यसअघि नै ३–१ ले  गुमाइसकेको छ ।

नेपाल आज जित निकाल्दै सिरिजमा हार अन्तर कम गर्ने प्रयासमा हुने छ ।

आज गुलसन झा, करण केसी, कमलसिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिइएको छ ।

आजको प्लेयिङ ११ः

कुशल भुर्तेल, आशिफ शेख, अनिल कुमार साह, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी,सागर ढकाल, सोमपाल कामी, अभिनाश बोहोरा, प्रतिश जिसी र सन्दीप जोरा रहेका छन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey