न्यु डायमण्ड भलिबलको सेमिफाइनल समिकरण पुरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-२५
  • |
  • 387 पटक हेरिएको

काठमाडौं, २५ पुस । राजधानीमा जारी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिरकण पुरा भएको छ । नेपाल एपिएफ क्लबले सेमिफाइनलमा अर्को विभागिय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतियोगितामा तीन विभागिय टोली र आयोजक न्यु डायमण्ड स्पोर्टस क्लब सेमिफाइनलमा पुगेका छन् । अर्को सेमिफाइनल न्यु डायमण्ड र अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

समूह ‘ए’ को अन्तिम खेलमा आर्मीलाई हराउँदै समूह एपिएफ विजेता बनेको हो । ढोर पाटन स्पोर्टस क्लबमा शुक्रबार एपिएफले आर्मीलाई २५–२१,२५–१२ र २५–२१ को सोझो सेटमा हराएको छ । एपिएफले समूह चरणका सबै तीन खेल जितेको थियो । आर्मीले भने एपिएफ बाहेक दुई टोलीलाई हराएको थियो । अब समूह एको विजेता एपिएफले बीको उपविजेता पुलिस तथा समूह ए को उपविजेता आर्मीले आयोजक न्यु डायमण्डको सामना गर्नेछ । दुवै सेमिफाइनल शनिबार हुनेछ ।

शुक्रबार नै भएको समूह बीको खेलमा पुलिसलाई २५–१९,२५–२३,१७–२५,१६–२५ र १५ –६ ले हराउँदै न्यु डायमण्ड समूह विजेता बनेको थियो । मुख्य प्रायोजक होङ्गान्जी बौद्ध समाज नेपाल रहेको प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ रुपैयाँ , दोस्रो हुने टोलीले ३ लाख १ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो हुनेले टोलीले १ लाख ५१ हजार १ सय १ रुपैया तथा चौथो हुनेले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २१ हजार १ सय १ रुपैया प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेन्डर र प्रशिक्षकले जनही ७ हजार १ सय १ रुपैयाँ पाउनेछन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey