वीर गणेशमान सिंह स्मृति किक बक्सिङ माघको पहिलो साता

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-१७
  • |
  • 351 पटक हेरिएको

तेस्रो संस्करणको वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुल्ला किक बक्सिङ प्रतियोगिता माघको पहिलो साता आयोजना हुने भएको छ ।

आयोजक ललितपुर किक बक्सिङ संघले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २ देखि ४ गतेसम्म हुने जनाएको छ । ललितपुर गोदावरी नगरपालिकाको चापागाउँको प्याङगाउँचौरमा आयोजना हुने प्रतियोगितामा कराते, उसु,बक्सिङ,तेक्वान्दो,आईटिएफ, फुल कन्ट्याक कराते, मुवा थाईको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबका खेलाडीले समेत प्रतिस्पर्धा गर्ने छन् । पुरुषतर्फ ५० केजी, ५५ केजी मुनि, ६० केजी मुनि,६५ केजु मुनि,७० केजी मुनि र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फ ५० केजी, ५५ केजी मुनि,६० केजी मुनि, ६५ केजी मुनि र खुल्ला तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेतालाई ३० हजार, दोस्रोले १५ हजार र तेस्रोले ८र८ हजार पाउने छन् ।

सर्वोकृष्ट पुरुष र महिला खेलाडीले २५र२५ हजार पाउने छन् । यस्तै टिम च्याम्पियन टोलीले १ लाख पाउँदा दोस्रो हुनेले ५० हजार पाउने संघका अध्यक्ष बिनोद महर्जनले जानकारी दिनुभयो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey