खुल्ला राष्ट्रिय पौडी जेठ महिनामा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-३०
  • |
  • 300 पटक हेरिएको

नेपाल पौडी संघको आयोजनामा २२ औं खुला राष्ट्रिय पौडी प्रतियोगिता जेठ १८ र १९ गते हुने भएको छ ।

इन्डोनेसियामा हुने आसन्न १८ औं एसियाली खेलकुदका लागि खेलाडीको अन्तिम छनोट गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।

प्रतियोगितामा पुरुष र  महिलातर्फ ५०, १ सय र २ सय मिटर फ्रिस्टायल र ५० र १ सय मिटर वटरफ्लाइ व्रेस्टस्ट्रोक र ब्याकस्ट्रोक स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सबैभन्दा बढी फिना अंकका आधारमा खेलाडी छनोट गरिने पौडी संघले जनाएको छ ।

सोही प्रतियोगिता संगसगै उमेरसमूहका प्रतिस्पर्धा पनि हुनेछ । करिब ३ सय खेलाडी सहभागिता अनुमान गरिएको प्रतियोगिताका खेलहरु हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलको पौडी पोखरीमा हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey