सागका पदक विजेता सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०५
  • |
  • 200 पटक हेरिएको

करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले १३औं दक्षिण एसियाली खेलकुद(साग)मा पदक विजेता खेलाडीलाई नगदसहित सम्मानित गरेका छन् ।

ललितपुरको सानोगाउँस्थित रोयल स्पोर्ट्स एकेडेमीमा शनिबार आयोजित कार्यक्रमबीच तेक्वान्दोतर्पm स्वर्ण विजेता संगीता बस्याल र बास्केटबलका खेलाडीद्वय निकेश मगर र विनोद महर्जन सम्मानित भएका हुन् । हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका पूर्वखेलाडी आरकेले स्वर्ण विजेता संगीता र विनोदलाई समान २५ हजार रुपैयाँ नगदसहितले सम्मान गरेका हुन् ।

आरकेका धर्मपत्नी शारदा प्रजापति र आइकेकेएफ कराते संघका उपाध्यक्ष राजीव महर्जनलगायतले खेलाडीलाई दोसल्ला ओढाएर सम्मानित गरेका थिए । प्रजापतिले १३औं सागमा पदक विजेतालाई नगद प्रदान गरेकी थिइन् । सोही अवसरमा निकेशलाई रोयल स्पोर्ट्स एकेडेमीले नगद ८ हजार रुपैयाँसहित सम्मानित गरेको थियो । तेक्वान्दोकी संगीताले फाइटतर्पm ६२ केजीतौलसमूहमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

निकेशले १३औं सागमा बास्केटबलको थ्री बाई थ्रीमा रजत दिलाएका थिए भने विनोदले फाइभ बाई फाइभमा कांस्य पदक जितेका थिए । आरकेले पूर्वखेलाडी भएकाले देशका लागि सदैव पसिना बगाउने खेलाडीलाई सम्मान गर्न पाउँदा गर्विलो महसुस हुने बताए । आरकेले यसअघि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि नेपाली खेलाडीलाई सम्मान गर्दै पनि आइरहेका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey