बिराटनगरमाथि ३६ रनकाे जित निकालेकाे काठमाडाैंकाे प्लेअफकाे यात्रा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०९-०५
  • |
  • 177 पटक हेरिएको

पोखरा प्रिमियर लिग अन्तर्गत काठमाडौं गोल्डेन्सले दोस्रो जित निकाल्दा विराटनगर टाइटन्सलाई दोस्रो हार ब्यहोर्यो । काठमाडौंले विराटनगरलाई ३६ रनले हरायो । जितसँगै काठमाडौंले प्लेअफको संभावना कायमै राखेको छ ।

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारीत २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ५९ रन बनायो ।
खराव सुरुवात गरेको काठमाडौंले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसका ओपनर गौरव तमोर शुन्य रनमा नै आउट भए । त्यसपछि दोस्रो विकेटका लागि अमित श्रेष्ठ र जयकिशन कोल्सावालाले ४३ रनको साझेदारी गरे । जसमा अमित १७ रनमा पेभेलियन फर्किए ।

तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र जयकिशनले अर्धशतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । उनीहरुले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे ।

मल्लले ४५ रनको योगदान गरे । उनले ३३ बलमा तीन चौका र २ छक्का प्रहार गरे । यस्तै कोल्सावालाले ५५ रनको अर्धशतकिय पारी खेले । उनले ४३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे ।

अन्तिममा आदिल खानले १३ रन बनाए भने सुबोध भाटीले १४ रनको योगदान गरे ।

जवाफमा विराटनगरले १९ ओभर चार बलमा एक सय २३ रनमा अलआउट भयो ।

निकै खराव सुरुवात गरेको काठमाडौंले तीन रनमा पहिलो विकेट गुमायो भने ११ रनमा तीन विकेट खेर फाल्यो । त्यसपछि ४१ रन बनाउँदा ६ विकेट गुमाएको थियो । उसका दुई ओपनर सुनील धमला र मुहम्मद जेइद आलम एक एक रनमा आउट भए ।

यस्तै राजु रिजाल एक, राजेश पुलामी दुई तथा दिलिप नाथपनि एक रनमा पेभेलियन फर्किए । यस्तै कप्तान प्रदिप ऐरीले २९ रनको योगदान गरे ।
टिम निकै खराव अवस्थामा रहेका बेला नोमान खान र पुनित मेहराले टिमका लागि ७९ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए ।

तर नोमन खान २५ रनमा आउट हुँदा विराटनगरले एक सय २० रनमा सातौ विकेट गुमायो । त्यसको लगत्तै पुनितपनि ५३ रनमा बाहिरीएपछि टिमको हार सनिश्चित भयो । उनले ३१ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । त्यसपछि विराटनगरले अरु एक रन थप्दा तीन विकेट गुमाएर अलआउट भयो ।
बलिङमा सुबोध भाटीले तीन विकेट लिए भने बसन्त रेग्मीले दुई विकेट हात पारे ।
भिडियाे हाइलाइट्स

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey