सागका स्वर्ण बिजेता मण्डेकाजीलाई बिशेष सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२८
  • |
  • 229 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागमा करातेमा दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले विशेष सम्मान गरेको छ ।

कराँतेको इतिहासमा एकै सागमा दुई वटा स्वर्ण जितेका मण्डेलाई थिमी नगरपालिकाले बिशेष कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो । भक्तपुर निवासी श्रेष्ठलाई नागरिक अभिनन्दन सहित सम्मान गरेको हो ।

मण्डेले सागमा नेपालका लागि काताको एकल र टिम इभेन्टस्मा स्वर्ण जितेको थियो । उनलाई नगरपालिकाले नगदपनि हस्तान्तरण गरेको छ । जसमा नगरपालिकाले ५ लाख ५५ हजार ५५५ रूपैयाँ दिनुकाे साथै भब्य सम्मान पनि गर्याे ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey