पाैडीकाे तेस्राे दिन ३ राष्ट्रिय कीर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-२१
  • |
  • 283 पटक हेरिएको

साग पौडीको तेस्रो दिन तीन वटा राष्ट्रिय कीर्तिमान बनेका छन । जसमा गौरीका सिंह, दुवाना लामा र एलेक्स शाहले नयाँ राष्ट्रिय कीर्तिमान बनाए ।

सातदोबाटो स्थित पौडी पोखरीमा भएको प्रतिस्पर्धामा गौरीकाले महिला एक सय मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको कीर्तिमानलाई सुधार गरिन । आठौं राष्ट्रिय खेलकुदमा बनाएको एक मिनेट सात दशमलव दुई दुई सेकेण्डको समयलाई सुधार गर्दै उनले नयाँ समय निकालिन ।

जसमा उनले एक मिनेट तीन दशमलव एक पाँच सेकेण्डको रेकर्ड बनाइन । यस्तै दुवाना लामाले ५० मिटर ब्रेस्टस्ट्रोकमा पनि राष्ट्रिय कीर्तिमान बनाइन । उनले २०१८ सिंगापुरमा भएको फिना विश्वकपमा बनाएको रेकर्डलाई तोडिन । दुवानाले सिंगापुरमा ३५ दशमलव ८२ सेकेण्डको समय निकालेकी थिइन । आज उनले ३५ दशमलव ४६ सेकेण्डको समय निकाल्दै रेकर्ड बनाइन ।

यस्तै एलेक्स शाह एक सय मिटर ब्याकस्ट्रोकमा नयाँ कीर्तिमान बनाए । उनले आठौं राष्ट्रिय खेलकुदमा नाथन दोर्जी शेर्पाले बनाएको एक मिनेट ४ दशलमव ०६ सेकेण्डको समयलाई तोड्दै १ मिनेट दुई दशमलव १० सेकेण्डमा दुरी पुरा गरे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey