तेक्वान्दाेमा नेपालकाे स्वर्ण संख्या ९

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१७
  • |
  • 222 पटक हेरिएको

दक्षिण एसियाली खेलुकद सागको तेक्वान्दोमा नेपालले थप दुई स्वर्ण जितेको छ । पहिलो दिन पुम्से र कुमुतेमा सात वटा स्वर्ण जितेको नेपालका लागि आज काजल श्रेष्ठ र बिरबहादुुर महराले स्वर्ण जितीन भने निमा गुरुङले रजतमा चित्त बुझाइन ।

सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा भएको स्पर्धामा काजलले ४६ केजी मुनीको तौलसमुहमा स्वर्ण जितिन । उनले फाइनलमा पाकिस्तानी खेलाडी सेइद जादी भाटोललाई हराइन । जसमा काजोलले ५०–१४ स्कोरले जित्दै स्वर्ण हात पारिन ।

यस्तै ५७ केजी मुनीको तौल समुहमा निमा गुरुङ भारतकी कसिका मलिकसँग पराजित भइन । निमा कसिकासँग सात आठ स्कोरमा पराजित भइन । यस्तै पुरुष ६८ केजी मुनीको तौलसमुहमा नेपालका बिरबहादुर महरा पाकिस्तानका मुहम्मद फाहिमलाई हराउँदै स्वर्ण जिते । अघिल्लो सागका रजत पदक विजेता महराले पाकिस्तानी खेलाडीलाई ५१–३६ ले हराए ।

पहिलाे दिन

सातदोबाटो स्थित तेक्वान्दो एकेडेमीमा भएको प्रतिस्पर्धामा पुम्सेमा आयशा शाक्यले ब्यक्तिगत दुई स्वर्ण जितीन पुम्सेको एकल इभेन्टमा स्वर्ण जितेकी आयशाले टिममा पनि स्वर्ण जित्न सफल भइन । दुई बच्चाकी आमा आयशाले पहिलो स्वर्ण ब्यक्तिगत विधामा जितेकी थिइन भने दोस्रो स्वर्ण टिम इभेन्ट्समा हात पारिन । योसँगै उनले दक्षिण एसियाली खेलकुदमा कुल स्वर्ण संख्या तीन पुर्याएकी छिन ।

यसअघि उनले ११ औं सागमा स्वर्ण जितेकी थिइन । सागमा उनको पदक संख्या पाँच पुगेको छ । जसमा तीन स्वर्ण र दुई रजत हात पारेकी छिन । एकल इभेन्टमा भने आयशाले सात दशमलव ९४० अंक ल्याउदै स्वर्ण हात पारिन । उनी दुई फरक विधामा स्वर्ण जित्ने पहिलो तेक्वान्दो खेलाडी पनि बनेकी छिन ।

नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमल श्रेष्ठले भारतका राहुल जैनलाई हराए । तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले आठ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे ।स्थानमा श्रीलंकाका खेलाडी रहे । महिलाको पुम्सेमा सिना लिम्बुले स्वर्ण जितीन । उनले फाइनलमा श्रीलंकाकी खेलाडीलाई हराउँद स्वर्ण हात पारिन । पुम्सेमा नै नेपालकी पार्वती गुरुङले स्वर्ण जित्न सफल भइन ।

२३ देखि २९ बर्षको उमेर समुहमा उनले श्रीलंकन खेलाडीलाई पछि पार्दै स्वर्ण जितीन । पुम्सेको १७ देखि २३ बर्ष उमेर समुहमा सिनाले आठ दशमलव १५० अंक प्राप्त गर्दै पहिलो भइन । दोस्रो स्थानमा रहेकी श्रीलंकन खेलाडीले ७ दशमलव ९६० अंक प्राप्त गरिन । दिनको अन्तिम स्पर्धाका रुपमा २३ देखि २९ उमेरमा महिला तर्फ नेपालले स्व्र्ण जित्यो । जसमा नेपालले पाकिस्तानलाई पछि पार्यो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey