साग महिला भलिबलः श्रीलंकाविरुद्धको दुई सेट नेपालको पक्षमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-१४
  • |
  • 164 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला भलिबलतर्फको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र श्रीलंकाबीच प्रतिष्पर्धा भइरहेको छ ।

त्रिपूरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी खेलको पहिलो दुई सेटमा नेपाल विजयी भएको छ । श्रीलंकालाई दबाबमा राखेको नेपालले पहिलो सेट २५–१४ ले जितेको थियो । दोस्रो सेटमा नेपालले २५–१८ को जित निकाल्यो ।

यो खेलको विजेताले भारतसँग प्रतिष्पर्धा गर्नेछ । भारतले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाइसकेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey