सागमा तीन खेलकाे सहभागितामा भारतले दिन थाल्याे दबाव

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०८
  • |
  • 284 पटक हेरिएको

भारतले , दक्षिण एशीयाली खेलकुद सागमा कंराते, आर्चरी र तेक्वान्दोलाई सहभागि गराउन दबाव दिन थालेको छ । खेल दर्ताको समय सकिएपछि पनि भारतले आफ्ना खेलाडीलाई सागमा सहभागिताका लागि दर्ता गराउन पहल गरिरहेको छ ।

भारतले निर्धारित मितिमा कंराते, तेक्वान्दो र आर्चरीको नाम आन्तरिक विवादका कारण दर्ता गरेको थिएन् । तर दुई दिन अघि मात्र भारतले यी खेल समावेश गरिदिन आयोजक नेपाल समक्ष दवाव दिएको छ । नेपाल ओलम्पिक कमिटीले समय सकिएकाले दर्ता गर्न नमिल्ने जवाफ दिएको थियो । तर राष्ट्रिय खेलकुद परिषद भने लचिलो देखिएको छ ।

यद्यपी मंगलबार बस्ने डेलिगेसन रजिस्ट्रेसन मिटिङले समावेश गर्ने कि नगर्ने भन्ने अन्तिम टुंगो लगाउनेछ । यदि भारतले यी तीन खेलमा सहभागिताको मौका पाएमा त्यसको असर नेपालको पदक तालिकामा प्रत्यक्ष पर्नेछ । दक्षिण एसियाली क्षेत्रमा तेक्वान्दो र करातेमा भारत नेपाल भन्दा अगाडी नै रहेको छ । हाल नेपालले यी दुई खेलमा धेरै पदकको आशा गरेको छ ।

भारतको यो प्रस्तावमा ओलम्पिक कमिटीले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालसँग कुरा गर्दा कुनै फरक नपर्ने धारणा राखेपछि झन अप्टेरो परेको हो । अन्तिम समयमा टिमलाई स्विकृती दिनबाट रोक्न सरकारी पक्षकै ठुलो हात हुने भएकाले यदि सरकारी निकाय नै लचिलो भएमा अरुले केहि गर्न नसक्ने ओलम्पिक कमिटीको भनाई छ ।

यहि मिटिङबाट १३ औं सागमा सहभागी हुने खेलाडी र अफिसियलको अन्तिम संख्या टुंगो लगाउनेछ । मंसिर १५ देखी २५ सम्म काठमान्डौ, पोखरा र जनकपुरमा हुने सागमा ४ हजार खेलाडीले सहभागिता जनाउने अनुमान गरिएको छ । प्याराग्लाइडिङ नहुने भएपछि अब सागमा २६ खेल हुनेछन । जसमा सवैभन्दा बढी पौडीमा ३८ र एथ्लेटिक्समा ३६ सहित कुल तीन सय १७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey