‘भिडियोमा आठौंं दक्षिण एशियाली खेलकुदको उद्घाटन समारोह’

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०७
  • |
  • 838 पटक हेरिएको

काठमाडौं, ७ मंसिर । दक्षिण एसियाली देशहरुको संयुक्त खेलकुद प्रतियोगिता साग गेम्स नेपालबाटै शुरु भएको हो । नेपालले १९८६ मा पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको थियो ।

त्यसपछि दोस्रो पटक १९९९ मा आयोजना गर्न सफल भयो । त्यतिबेला नेपालले पदक तालिकमा ऐतिहासिक छलाङ मार्दै दोस्रो स्थानमा आएको थियो । अहिले मंसिर १५ गतेदेखि १३ औं साग प्रतियोगिता नेपालले आयोजना गर्दै छ । १५ गते हुने सागको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भइसकेको छ भने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने छन् ।

अब कुरा गरौं आठौं सागका विषयमा । १९९९ मा भएको आठौं सागको उद्घाटन तत्कालिन पूर्व राजा विरेन्द्र शाहले गरेका थिए । त्यतिबेला खेलकुद मन्त्रालयको जिम्मेवारीमा शरतसिंह भण्डारी थिए भने प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले पनि सम्बोधन गरेका थिए । राखेपकाे जिम्वेवारीमा अहिले नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ थिए ।

हेरौं नेपालमा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद सागको उद्घाटन समारोहको यो भिडियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey