दोस्रो मेलम्ची खुला भलिबलको क्वार्टरफाइनल समीकरण पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-२२
  • |
  • 266 पटक हेरिएको

चैत २२, सिन्धुपाल्चोक । मेलम्ची खानेपानी ह्योसिमेस दोस्रो खुल्ला भलिबल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।

बिहीबार भएको समूह चरणको खेलमा जित हात पार्दै त्रिभुवन आर्मी क्लब क्वार्टर फाइनलमा स्थान बनाउन सफल भयो । आर्मीले थ्रीस्टार एकेडेमीलाई हराएको थियो । एक पक्षिय खेलमा आर्मीले २५–१४ र २५–१९ को जित हात पारेको थियो ।

यस्तै जुगल हर्ट क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिवल संघ, एपीएफ र योङ स्टार क्लब पनि जित हात पार्दै क्वार्टर फाइनलमा पुगे ।

पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघले मेलम्ची नगरपालिका ८ लाई २५–१८ र २५–१८ को सोझो सेटमा हरायो । एपीएफले दोहोरो जित निकालेको थियो ।

पहिलो खेलमा एपीएफले आयोजक नमुना युथ ग्रुपलाई २५–१४ र २५–१२ ले पराजित ग¥यो । अर्को खेलमा एपीएफले जुगल युथ हर्ट क्लबलाई २५–१७ र २५–१७ ले हरायो ।

यस अघि जुगलले आयोजक नमूनालाई प्रतिष्पर्धात्मक २–१ को सेटमा हराएको थियो । पहिलो सेटमा १८–२५ ले पछि परेको जुगलले दोस्रो सेटमा ३१–२९ को कठीन जित निकालेको थियो । निर्णायक सेटमा २५–२० को जित हात पर्दै जुगलले आयोजकलाई स्तब्ध बनाएको हो ।

योङ स्टार क्लबले पनि जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथि जित दर्ता गर्दै क्वार्टर फाइनलको यात्रा पक्का ग¥यो । योङ स्टारले २५–१६र २५–१९ को जित हात पारेको थियो ।

शुक्रबार प्रतियोगिताका क्वार्टर फाइनलका खेल हुनेछन् । क्वार्टर फाइनलमा आर्मीले मेलम्ची नगरपालिका ८ सँग खेल्नेछ भने एपीएफले जावलाखेलको सामना गर्नेछ । यस्तै पश्चिमाञ्चल र थ्रीस्टार एकेडेमी खेल्दा योङ स्टार र जुगलवीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको बिजेताले १ लाख ५२ हजार, उपाबिजेतालाई ८२ हजार र तेश्रो हुनेले ५२ हजार पाउनेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले सात हजार पाउनेछ भने विधागत तर्फ उत्कृष्ट खेलाडीले पनि जनही पाँच हजार पाउनेछन् ।

बुधबारबाट सुरु हुनुपर्ने प्रतियोगिता वर्षाका कारण बिहीबारदेखि सुरु गरिएको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey