उपराष्ट्रपतिद्वारा भलिबल खेलाडीलाई निवासमा स्वागत

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०८-०३
  • |
  • 189 पटक हेरिएको

काठमाडौं, ३ मंसिर । एभीसी सेन्ट्रल जोन वुमन्स भलिबलमा स्वर्ण पदक जितेका नेपाली खेलाडीलाई उपराष्ट्रपति नन्दबहादुर पुनलाई बधाई तथा सम्मान गरेका छन् ।

उपराष्ट्रपतिको भवनमा आयोजित विशेष कार्यक्रममा खेलाडी तथा अफिसियलहरुलाई शुभ कामना सहित बधाई दिएका हुन् । सो अबसरमा स्वर्ण विजेता १२ खेलाडी तथा चार जना अफिसियललाई सम्मान गरिएको हो ।

अरुणा शाहीको कप्तानीमा नेपालले बंगलादेशमा भएको प्रतियोगितामा नेपालले स्वर्ण पदक जितेको हो । कार्यक्रममा कप्तान अरुणा शाही, प्रमुख प्रशिक्षक जगदीश भट्ट र प्रशिक्षक सलिना श्रेष्ठले संयुक्तरुपमा सम्मान पत्र ग्रहण गरेका थिए ।

नेपाली टिम अहिले सागकाे तयारीमा रहेकाे छ । सागकाे औपचारिक उद्घाटन १५ गते हुने भए पनि भलिबल खेल भने ११ गतेदेखि नै शुरुहुने छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey