आहा ! रारा गोल्डकपः तनावपूर्ण खेलमा बंगलादेशी क्लव विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१३
  • |
  • 176 पटक हेरिएको

माघ १३, कास्की । बंगलादेशी क्लव उत्तर बरिन्धारा पोखरामा जारी आहा ! रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा शनिबार भएको तनावपूर्ण खेलमा सुदूरपश्चिम स्पोर्टिङ क्लवलाई २–१ गोलले हराउँदै उत्तर बरिधारा सेमिफाइनलमा पुगेको हो ।

१८औं मिनेटमा रेफ्री श्रवण लामा ह्याम्स्ट्रिङको चोटका कारण बाहिरिएपछि मैदान छिरेका सुदेश पाण्डेले सुदूरपश्चिमका खेलाडीलाई २ पहेलो कार्ड तथा उत्तर बरिन्धाराका खेलाडीलाई ६ पहेलो कार्ड र २ रेडकार्ड देखाएका थिए ।

पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा बरिन्धाराले अग्रता लियो । ७४औं मिनेटमा मिडो मासाले गोल गरे । ७८औं मिनेटमा उत्तर बरिन्धाराका जिन्टुले डिबक्समा ह्याण्ड गरेपछि सुदूरपश्चिमले पेनाल्टी पायो । तर पेनाल्टीमा धिरज गुरुङ चुके ।

८३औं मिनेटमा सोन्लेमनको गोलबाट बरिन्धाराले दोहोरो अग्रता बनायो । ८८औं मिनेटमा बिनोद केसीले सुदूरपश्चिमका लागि गोल गरे पनि पर्याप्त भएन ।

खेलको अन्त्यतिर रेफ्री सुदेश पाण्डेले बरिन्धाराका दुई खेलाडीलाई रेड कार्ड देखाएपछि असन्तुष्टि जनाएका बरिन्धाराका खेलाडीहरुका कारण खेल केहिबेर प्रभावित भएको थियो ।

प्रतियोगिता अन्तर्गत आइतबार हुने दोस्रो क्वार्टरफाइनल खेलमा त्रिभुवन आर्मी र धरान फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey