इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो अमेरीकामा हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-१७
  • |
  • 249 पटक हेरिएको

इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) आगामी बैशाख १९ र २० गते अमेरिकामाकाे इस्टन मिचिगन युनिभर्सिटीमा हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित अमेरिका, भारत, चीन, अष्ट्रेलिया, फिलिपिन्स, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, हङकङ, दक्षिण कोरिया, मेक्सिको लगायतका २५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक ज्योति एभरेस्ट तेक्वान्दोले जनाएकाे छ ।

प्रतियोगितामा करिब ७ सय बढी खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा सिनियर महिला र पुरुषमा समान ८ र ८, जुनियरमा १० र १० र क्याडेटतर्फ समान १० र १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै टिम इभेन्ट्स र बोर्ड ब्रेकिङ इभेन्ट्स समेत समावेश हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ६५ स्वर्ण, ६५ रजत र १३० कास्यको लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको लागि नेपालबाट पाँच खेलाडी छनोट भईसकेका छन् । चितवनको रत्नगरमा भएको छनोटमा पुरुषतर्फ सैलेशराज गिरी, रन्जित साउद र दिनेश सुनार छनोट भएका थिए । यस्तै महिलामा आयशा तामाङ र सुस्मिता मोक्तान छनोट भएका छन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey