पोर्टोलाई हराउँदै इस्नर मायामी ओपनको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१७
  • |
  • 170 पटक हेरिएको

चैत्र १७ ।  अर्जेन्टिनी खेलाडी हुवान मार्टिन डेल पोर्टोलाई पराजित गर्दै अमेरीकी खेलाडी जोन इस्नर मायामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन ।

फ्लोरीडाको मायामीमा भएको सेमिफाइलनमा इस्नरले पोर्टोलाई दुई शुन्यको सोझो सेटमा पराजित गर्यो ।

लगातार १५ खेल जित्ने लक्ष्यमा रहेका पोर्टो विरुद्ध इस्नरले पहिलो सेटमा चार सर्भिस ब्रेक गर्दै ६–१ ले जिते ।

दोस्रो सेटमा पनि थकित भएका पोर्टो विरुद्ध इस्नरले टाइब्रेकरमा ७–६ को जित निकाल्दै फाइनलमा स्थान बनाए ।

उपाधिका लागि इस्नरले गर्मन खेलाडी एलेजान्डेर भरेभ र स्पेनीस खेलाडी पाब्लो कारेनो विचको विजेतासँग खेल्नेछन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey