अष्ट्रेलियाका प्रशिक्षकले दिए राजीनामा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 150 पटक हेरिएको

चैत १५ । बल टेम्परिङको विवादका कारण कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नरले राजिनामा दिएको केहि दिनपछि प्रशिक्षक ड्यारेन लेमनले पनि पद त्यागेका छन ।

बल टेम्परिङका कारण विश्व क्रिकेटमा तहल्का मच्चाएको यो विवादले अझैपनि साम्य हुने नाम लिएको छैन ।

कप्तान स्मिथ र उपकप्तान वार्नरका साथै बलर क्यामरुन बनेक्रोफ्टलाई अष्ट्रेलियन क्रिकेटले क्रमश एक बर्ष र नौ महिनाको प्रतिबन्ध लगाएको अर्को दिन प्रशिक्षक ड्यारेनले पद त्यागेका छन ।

यो घटनामा प्रशिक्षक ड्यारेन पनि संलग्न रहेको आंशका गरिएको थियो । तर अन्तिममा उनी कारवाहीबाट बचेका थिए । तर कप्तान स्मिथ र बलर क्यामरुनले कारुणीक पत्रकार सम्मेलन देखेपनि ड्यारेनले पनि पद त्याग्ने घोषणा गरेका हुन ।

उनले राजिनामाको घोषणा गर्दै राष्ट्रिय टिमलाई नयाँ कोचको आवश्यकता रहेको बताएका छन । ४८ बर्षे ड्यारेनमाथि पनि अनुसन्धान गरेपनि अष्ट्रेलियन क्रिकेटले कुनै दोष लगाएको थिएन ।

उनले भनेका छन प्रिय खेलाडीलाई गुडवाई भन्दा अहिलेसम्मकै कठिन क्षण भएको उनले बताएका छन ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey