क्यान निर्वाचन २ दिन बाँकिः तीन समुहकाे गाेप्य बैठक, लामाकाे प्रस्ताव पाण्डेद्वारा अस्विकार

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०७
  • |
  • 171 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्व तथा नेपाली क्रिकेटको आगामी भविष्यलाई कुन बाटोमा डोर्याउने भन्ने एकिन गर्न हुन लागेको निर्वाचन आउन दुई दिन बाँकि छ । शुक्रबार र शनिबार काठमाडौंमा हुने निर्वाचनका लागि पदका आकांक्षीहरुको दौडधुप निकै बढेको छ ।

अहिले मुख्य गरि बाहिरी रुपमा देखिएका चतुरबहादुर चन्द र विनयराज पाण्डे आफ्नो टिमलाई बलियो बनाउन र मतदातालाई आफ्नो निकट बनाउन ब्यस्त छन । क्यानको नेतृत्वमा चार दशक बसेका विनयराज पाण्डे काम गर्ने पदाधिकारीलाई समेट्ने तयार छन । यता चतुरबहादुर चन्द जिल्ला निर्वाचन देखि नै सक्रिय रहेकाले आफु जित्नेमा ठुलो विश्वासका साथ बसिरहेका छन ।

आन्तरीक होमवर्क

बाहिरबाट हेर्दा विनयराज पाण्डे र चतुरबहादुर चन्द मुख्य दावेदारका रुपमा देखिएपनि भित्रिरुपमा क्यानका पूर्व उपाध्यक्ष विनोद मैनाली र डुण्डु लामा आफ्नो गोटी चालिरहेका छन । यस्तैमा सोमबार राति मैनाली, लामा र विनयराज विच बैठक भएको थियो ।

मैनाली र लामा आसन्न निर्वाचनमा आफ्नो पोष्टको माग गर्दै विनयराज कहाँ छलफलका लागि गएका थिए । राष्ट्रिय खेलकुद परिषद्को सक्रियाता यी तीन जना ब्यक्ति चुनावको दुई दिन अगाडी गोप्य बैठकमा बसेका थिए । जसमा लामाले विनयराज अध्यक्ष भएमा आफुलाई महासचिव दिनुपर्ने माग गरेका थिए । यदि होइन भने आफु चुनाव लड्ने बताएका थिए । यो कुरालाई विनयराज पाण्डेले सोझै अस्विकार गरेका थिए ।

पाण्डेले महासचिवमा पूर्व कप्तान पवन अग्रवाललाई उठाउने मनसाय बनाएका छन । लामाको सो प्रस्ताव नभएपछि उनी चुनावमा उठ्नसक्ने धेरै संभावना देखिएको छ । यसका साथै मैनाली केहि दिन अगाडी चतुरबहादुर चन्दसँग गएर आफुलाई उपाध्यक्ष दिनुपर्ने बताएका थिए । जुन कुरालाई उनले पाण्डेसँग पनि गरेका थिए ।

तर पाण्डेले लामालाई महासचिव नदिने स्पष्ट पारीसकेका छन । अब लामा र मैनाली मिलेर चुनावमा उठ्नसक्ने संभावना पनि बढेको छ । तर यो निकै न्यून रहेको छ ।

यता चन्द ग्रुप सबैमतदातालाई पालैपालो भेट्ने र आश्वासन दिने काम गरिरहेको छ । यसपटक चन्दको प्यानलबाट अशोकनाथ प्याकुरेल नै महासचिवमा उठ्ने निश्चित जस्तै छ ।

क्यानका साधारणसभा स्थलका लागि बैंकको ज्ञारेन्टी

काठमाडौको पाँच तारे होटेलमा हुन लागेको क्यानको निर्वाचन साधारणसभाका लागि सबै खर्च आइसीसीले गर्नेछ । काठमाडौंको मेरियट होटलमा हुने निर्वाचनका लागि अन्तिम समयमा ठाँउ फिक्स भएको हो । यसअघि सोल्टी होटेलमा गर्ने बताइएपनि त्यहाँ ठाँउ नपाएपछि मेरीयटमा सारियो । तर मेरियट होटेलले यसअगाडी कुनैपनि कारोबार नगरेको भन्दै एडभान्स रकम मागेको थियो ।

तर आइसीसीले एडभान्स दिन नसक्ने भएपछि एउटा क श्रेणीको बैंक ज्ञारेन्टी बसेको थियो । यतिमात्र होइन परिषद्को अनावश्यक निउ खोज्दा दुई दिनका लागि पाँच लाख रुपैयाँ खर्च भयो । अन्तत त्यो रकम आइसीसीको खर्च भएपनि पछि नेपालले पाउने सबै हिसावमा कटौती हुनेछ ।

आइसीसीबाट पदाधिकारी बोलाउँदा उनीहरुको यातायात, बसाई लगायतका सबै खर्च बराबर करिव पाँच लाख रुपैया लागेको एक स्रोतको भनाई छ ।

तर अब नेपाल क्रिकेटले नयाँ नेतृत्व पाउन मात्र तीन दिन बाँकी रहेको छ । तर एउटा कुरा के चाँहि निश्चित छ भने यसपटक क्यानमा नयाँ अनुहार भने देखिने छैन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey