ट्राइ एडभेन्चरको उपाधि त्रिभुवन आर्मीको ‘ए’ टिमलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०१
  • |
  • 308 पटक हेरिएको

काठमाडौं । नेपाली सेनाले आयोजना गरेको ट्राइ एडभेन्चर प्रतियोगिताको उपाधि आफ्नै ए टिमले जितेको छ । धादिङको बैरेनीदेखि चरौंदीसम्म सञ्चालन भएको प्रतियोगितामा ६.७ किलोमिटर दौड, २६ किलोमिटर साईक्लिङ र ११ किलोमिटर र्‍याफ्टिङ गरी समग्रमा ४३.७ किलोमिटर समावेश गरिएको थियो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका २ टिमसहित स्वदेशी र विदेशी गरि १५ टिमको सहभाथिता रहेको थियो । यस प्रतियोगितामा भारत, माल्दिभ्स, बंगलादेश र श्रीलंकाको पनि सहभाजिता रहेको थियो । भारतले र माल्दिभ्सले पहिलो पटक यस प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नेपाली सेनाको ‘ए’ टिमले २ घण्टा २० मिनेट ४८ सेकेण्डका साथ पहिलो स्थान हासिल गरेको थियो । यसैगरी २ घण्टा २५ मिनेट ३२ सेकेण्डमा दूरी पुरा गरेको भारतीय सेनाको टिम ‘ए’ दोस्रो भयो । यस्तै २ घण्टा २६ मिनेट १५ सेकेण्डमा दूरी पुरा गरेको भारतकै ‘बी’ टिम तेस्रो भएको थियो । पहिलो हुने टिमलाई १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्दा दोस्रो हुनेले १ लाख र तेस्रो हुने टिमले ७५ हजार पुरस्कार पाएको थियो । विजेता खेलाडीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार प्रदान गरेका थिए ।

महिला तर्फको इभेन्टमा ३ घण्टा १८ मिनेट २० सेकेण्डमा दूरी पुरा गर्दै एन.टी.ए टिम ‘एन’ले उपाधि जितेको छ । यस्तै ४ घण्टा १४ मिनेट ५० सेकेण्डका सकाथ प्याडल्स नेपाल टिम ‘पी’ दोस्रो भएको थियो । पहिलो हुने टिमले नगद ५० हजार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० हजार हात पारेको छ । महिला टिमका विजेता खेलाडीहरुलाई बलाधिकृत रथी शदर गिरीले मेडल तथा प्रमाण पत्र प्रदान गरेका थिए । नेपाली सेनाले २०७१ साल देखि यो प्रतियोगिता गर्दै आएकोमा २०७४ साल देखि अन्तर्राष्ट्रिय टिमलाई पनि सहभागि गराउन शुरु गरेको थियो । यस पटकको उत्कृष्ट विदेशी टिमको रुपमा भारतीय टिम रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey