अझै‍ं सकिएन दशरथ रंगशालाको घाँस काट्ने काम, कहिले रोपिएला नयाँ दुवो?

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२३
  • |
  • 341 पटक हेरिएको

आसन्न १३ औं दक्षिण एसियाली खेलकुद सागको उद्घाटन र समापन समारोह आयोजना गर्नका लागि त्रिपुरेश्वस्थित दशरथ रंगशालाको मर्मत सम्भार जारी छ ।

भीआईपी तर्फको प्यारापिटमा छानो हाल्ने लगायतका काम बाँकी रहँदा साधारण तर्फको प्यारापिटमा अहिले रंगरोगन चलिरहेको छ । केही दिन अघि राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले घाँस काट्ने कार्यको सुभारम्भ गर्दै तीन दिनमा घाँस काटिसकिने बताएका थिए ।

तीन दिनमा घाँस काट्ने तीन दिनमा मैदानका खाल्डा खुल्डी पुर्ने र त्यसपछि नयाँ घाँस रोप्न शुरु हुने बताएका थिए । तर तीन दिन भनिए पनि एक साता पुग्दा पनि अझै मैदानमा रहेको घाँस आधामात्रै काटिएको छ ।

अहिले २ वटा मेसिन लगाएर ९ जनाले नियमित मैदानमा काम गरिरहेका छन् ।

हेरौं यो भिडियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey