सागका लागि तेक्वान्दाेकाे छनाेटमा मनिता बाहिरिदा आयशा टिममा, ३ नयाँ खेलाडीले माैका पाए

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२०
  • |
  • 216 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागकी पदकधारी खेलाडी मनिता शाही आसन्न सागमा टिममा छनोट हुन सकेन । यता आयशा शाक्यले पुम्सेमा नेपालमा हुने सागमा सहभागिता जनाउने पक्का भएको छ ।

सागका लागि भएको छनोटमा यसपटक दुई जना पुरुष र एक जना महिला नयाँ खेलाडीले स्थान बनाएका छन । जसमा केटामा दाजुभाई गोविन्द आले र किरण आले तथा महिलामा इन्दिरा बस्नेतले स्थान बनाए ।

पुम्सेमा सागका लागि छनोट हुने खेलाडीमा पार्वती गुरुङ, विना मडेन, निरा गुरुङ, प्रशंषा क्षेत्री, सुसिला राई, निशा दर्नाल, स्वस्तिका तामाङ, सञ्जिला तिमिल्सिना र आयशा शाक्यले स्थान बनाए ।

यस्तै पुम्सेमा पुरुषमा सागमा स्थान बनाउने खेलाडीमा कमल श्रेष्ठ, जीतबहादुर, प्रेमबहादुर लिम्बु, कृष्ण तामाङ, शिसिर श्रेष्ठ, असिम राउत, दिपेन्द्र गुरुङ, रेजिन रिमाल, समिर ओझाले स्थान बनाए ।

यस्तै फाइटमा महिला ४६ केजीमा काजल श्रेष्ठले स्थान बनाउदा ४९ केजी मुनीको तौलमा युनीशा राई छनोट भइन । ५४ केजीमा अस्मिता खड्का, ५७ केजीमा निमा गुरुङ, ६२ केजीमा इन्दिरा बस्नेतले स्थान बनाइन । यस्तै ६७ केजीमा संगिता बस्याल, ७३ केजीमा अप्सरा कार्की र ७५ केजीको तौलमाथि निशा रावलले स्थान बनाए ।

यस्तै पुरुषमा ५४ केजीमा मनोज मल्ल, ५८ केजीमा गोविन्द आलेमगर, ६३ केजीमा ज्ञानेन्द्र हमाल, ६३ केजीमा विरबहादुर महरा, ८० केजीमा किरन आलेमगर, ८७ केजीमा भुपेन्द्र श्रेष्ठले स्थान बनाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey