इङल्याण्डले बनायो टेष्ट क्रिकेट थोरै रनमा धेरैपटक आउट हुने किर्तीमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०८
  • |
  • 177 पटक हेरिएको

चैत्र ८ । न्यूजिल्याण्ड विरुद्धको पहिलो टेष्टमा इग्ल्याण्ड मात्र ५८ रनमा अलआउट हुँदै अर्को किर्तीमान बनाएको छ । टेष्ट क्रिकेटमा थोरै रनमा धेरै पटक अलआउट हुने इग्ल्याण्ड पहिलो टिम बनेको छ ।

अक्ल्याण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्ड मात्र २० ओभर ४ बलमा ५८ रनमा अलआउट भयो । उसका २ खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा क्रेग ओभरटोनले ३३ रन बनाए ।

इग्ल्याण्डलाई कम स्कोरमा रोक्न ट्रेन्ट बोल्टले ६ तथा टिम साउथीले ४ विकेट लिए ।

टेष्ट क्रिकेटको इतिहासमा एक सय भन्दा कम रनमा इग्ल्याण्ड १९ औ पटक अलआउट भएको छ । इग्ल्याण्ड पछि धेरै पटक थोरै रनमा अलआउट हुने देशमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड रहेका छन ।

दुबै देश समान १६–१६ पटक १०० रन भन्दा कम स्कोरमा अलआउट भएका छन । टेष्ट क्रिकेटमा इग्ल्याण्ड २४ बर्षपछि थोरै रनको स्कोरमा अलआउट भएको हो ।

यसअघि इग्लिस टिम १९९४ मा वेष्ट इन्डिज विरुद्ध ४६ रनमा अलआउट भएको थियो ।

टेष्ट क्रिकेटमा सबै भन्दा थोरै रनमा अलआउट हुने टिम न्युजिल्याण्ड रहेको छ । १९५५ मा इग्ल्याण्ड विरुद्ध नै अक्ल्याण्डमा २६ रनमा अलआउट भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey