पारा महिला पावरलिफ्टीङ्ग प्रशिक्षण सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१३
  • |
  • 283 पटक हेरिएको

राष्ट्रिय पारा पावरलिफ्टीङ्ग संघको आयोजनामा पारा महिला पावरलिफ्टीङ्ग प्रशिक्षण काठमाण्डौमा शुक्रबारबाट सुरु भएको छ ।

ठमेलस्थित मर्साङ्गदी होटलमा हुने कार्यक्रमको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमविच उद्घाटन गरे ।

नेपालमा पारा महिला पावरलिफ्टीङ्ग खेलाडी उत्पादन गर्ने उद्धेशयले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा नेपालका कम्मरदेखि मुनिका भाग कमजोर रहेका करिव २५ पारा खेलाडी र प्रशिक्षकहरुले तीन दिन सम्म प्रशिक्षण लिने छन् । जसका कारण नेपालमा पारा पावरलिफ्टीङ्गका खेलाडीहरुको विकास र विस्तार हुने विश्वास लिईएको छ ।

तीन दिन सम्म संचालन हुने प्रशिक्षण कार्यक्रममा सहभागिलाई अन्तराष्ट्रिय टेक्निकल अफिसियल मलेसियन नुर साहिदा माट शाहले सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गर्ने छिन् । शाह १० बर्ष देखि पारा पावरलिफ्टीङ्गमा लागि रहेकी छिन् । विभिन्न देशमा विकलाङ्ग रहेका खेलाडीहरुलाई हौसाला प्रदान गर्दै उनीहरुमा आत्मविश्वासको विकास गर्दै पावरलिफ्टीङ्गमा लगाउने उद्धेश्यले कार्यक्रम आयोजना भई रहेको र नेपालमा पनि यस खेलको विकासका लागि आफु आएको उनले बताईन् ।

उनले आफुले प्रदान गर्ने प्रशिक्षण खेलाडीहरु र प्रशिक्षकका लागि उपलब्धि मुलक हुने बताईन् । पारा खेलाडीहरुको विकास र विस्तारमा आफुलाई अग्रस्थानमा उभ्याएको संस्था एजिआईटिओएस फाउन्डेशनको सहयोगमा विश्वमा नै कार्यक्रमहरु संचालन भई रहेको राष्ट्रिय पारा पावरलिफ्टीङ्ग संघका अध्यक्ष टेकबहादुर गुरुङ्गले जानकारी गराए ।

हाल सय भन्दा बढि राज्यमा विकास भईरहेको पारा पावरलिफ्टीङ्गको विभिन्न १० शारिरीक तौल समूहमा एशियन तथा ओलम्पिकमा प्रतियोगिता हुँदै आईरहेको छ । १९६४ मा जापानमा सुरु भएको प्रतियोगिता सन् २०००मा सिड्नी ओलम्पिकमा महिला पावरलिफ्टीङ्ग प्रतियोगिताको आयोजना गरिएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey