ओलम्पिकमा उप महासचिव र कोषाध्यक्ष बाहेक सबै पदमा निर्वाचन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१२
  • |
  • 375 पटक हेरिएको

काठमाडौं, १२ भदौ, नेपाल ओलम्पिक कमिटिको १५ वटा पदमा निर्वाचन हुने भएको छ । नयाँ विधान अनुसार १९ सदस्यीय कार्यसमिती हुनेछ ।

मंगलबार भएको उम्मेदवारी दर्तामा २६ जनाले मनोनयन गरेका थिए । आज उम्मेदवारी फिर्ता लिने समय तोकिएपनि कसैले पनि फिर्ता लिएनन् । अन्तिम नामावली अनुसार उप महासचिवमा राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना र कोषाध्यक्ष पदमा रतनकुमार टण्डन भने निर्विरोध भए । उनीहरुको पदमा अरुले उम्मेदवारी दर्ता गरेका थिएनन् ।

२० गते हुने निर्वाचनमा अध्यक्षमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने छ । यसैगरी पाँच उपाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा ज्योति राणा, तेज बहादुर गुरुङ, पुष्प दास श्रेष्ठ, अशोक रत्न बज्राचार्य, सुनिल कुमार श्रेष्ठ, चतुरानन्द राज बैद्य, राजिब श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दिएका छन् ।

यस्तै १ महासचिबका लागि पुरेन्द्र बिक्रम लाखे र निलेन्द्र राज श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

३ सचिबका लागि केशब कुमार बिष्ट, रामजी श्रेष्ठ, दिपक हर्ष वज्राचार्य र तुलसी थापाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । सदस्यका लागि रमेश प्रसाद सिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपाल सुन्दर लाल कक्षपति, टाँसी घले, होम बहादुर दोङ, दिर्ग बहादुर केसी र मनोरंजन रमण शर्माले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले भदौ २० गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकेको छ । चुनावमा २७ जना मतदाता छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey