यू–१९ बीच भलिबल खेलाडीको बिदाई

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०६
  • |
  • 194 पटक हेरिएको

चैत ६, काठमाडौं । यू–१९ पुरुष बीच भलिबल च्याम्पियनसिपमा खेल्न जाने नेपाली युवा टोलीलाई बिदाई गरिएको छ । नेपाली टोली बुधबार थाल्याण्ड प्रस्थान गर्नेछ ।

नेपाल विद्यालय भलिबल कमिसनले मंगलबार २ युवा खेलाडी र प्रशिक्षक जगदीश भट्टलाई विदाई गरेको हो ।

आगामी २३ देखि २५ मार्चसम्म थाइल्यान्डको नखन पाथेममा हुने यू–१९ बीच भलिबल नेपालसहित थाइल्यान्ड, इरान, भियतनाम, श्रीलंका र कम्बोडियालगायत देशको सहभागिता रहनेछ ।

प्रतियोगितामा उत्कृष्ट ५ मुलुक अर्जेन्टिनामा आगमी वर्ष हुने युथ ओलम्पिक गेम्समा छनोट हुनेछन् । नेपालकोतर्फबाट बीच जोडीमा अशोक सुनार र प्रकास केसी रहेका छन् । प्रशिक्षकमा राष्ट्रिय टोलीका प्रशिक्षकसमेत रहेका जगदीश भट्टलेछन् ।

नेपाली टोलीलाई संघका अध्यक्ष शर्माले नेपाली राष्ट्रिय टिमको भविष्य भएकाले उत्कृष्ट प्रदर्शन गर्दै सफलता हात पार्न शुभकामना दिए । विद्यालय भलिबल कमिसनका अध्यक्ष केसीले पहिलो सहभागितामा नै खेलाडीले राम्रो गर्ने विश्वास व्यक्त गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey