पोखरामा सुविधासम्पन्न रंगशाला बनाउने खेलकुदमन्त्रीको उद्घोष

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०६
  • |
  • 162 पटक हेरिएको

चैत ६, कास्की । युवा तथा खेलकूद मन्त्री जगत विश्वकर्माले पोखरामा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्ने उद्घोष गरेका छन् ।

मन्त्री भएपछि पहिलो पटक गृहनगर पुगेपछि नेपाल खेलकुद पत्रकार मञ्च कास्कीद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले पोखराको पर्यटकीय सम्भावनालाई खेलसँग पनि जोड्न सकिने बताउनुभयो ।

खेलाडीलाई खेल खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्थाको सिर्जना नहुँदासम्म खेल क्षेत्रले राम्रो गति प्राप्त गर्न नसक्ने उनको भनाइ थियो ।

पर्याप्त वातावरण नहुँदा पनि नेपाली क्रिकेट खेलाडीले महत्वपूर्ण सफलता हासिल गरेको बताउँदै उनले यसको विकासका लागि व्यवस्थित क्रिकेट मैदान बनाइने उल्लेख गरे ।

आगामी वर्ष हुने दक्षिण एशियाली खेलकूद साग सम्पन्न गर्ने विषय राज्यको गरिमासँग जोडिएको बताउँदै उनले त्यसका लागि आवश्यक भौतिक संरचना निर्माणलाई अघि बढाइएको बताए ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey