नेपाली खेलकुदकाे पारदर्शिता कायम गर्न मेराे उम्मेदवारी : उमेशलाल

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१०
  • |
  • 361 पटक हेरिएको

काठमाडौं, १० भदौ । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि आउँदो २० गते निर्वाचन हुँदै छ । कोषाध्यक्ष र उपमहासचिव पद बाहेक अरु जम्मै पदमा निर्वाचन हुने सम्भावना देखिएको छ ।

उम्मेदवारको नाममाथिको दावी विरोध बुधबार सम्म चल्ने र विहीबार अन्तिम नामावली सार्वजनिक भएपछि कुन पदमा कति उम्मेदवार भन्ने टुंगो लाग्ने छ ।

नयाँ व्यवस्था अनुसार यस पटकदेखि नेपाल ओलम्पिक कमिटी १९ सदस्यीय हुने छ । जसमा १७ जना निर्वाचित हुने छन् भने २ जना मनोनित हुने छन् ।

यस पटक पनि अध्यक्षमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठकै बीचमा प्रतिस्पर्धा हुने छ । यी दुईबीच प्रतिस्पर्धा यसअघिको कार्यसमितिको निर्वाचनमा पनि भएको थियो ।

नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता गरेपछि उम्मेदवार उमेशलाल श्रेष्ठले यस पटक आफूले जित्ने विश्वास व्यक्त गरे । उनले गत निर्वाचनमा आफ्नो तयारी त्यति नभएकाले पराजित भएको बताउँदै यसपटक धेरैले सुबेच्छा देखाएकाले निर्वाचनमा आफ्नो जित निश्चित भएको दावी गरे ।

मनोनयन दर्ता गरेपछि उमेशलाल श्रेष्ठले दिएको अभिव्यक्तिको सम्पादित अंश । नेपालको खेलकुद क्षेत्रमा पारदर्शिता र प्रजातन्त्रको कमी छ त्यसलाई हटाउनलाई म आएको हुँ । मुलुकले यत्रो राजनीतिक परिवर्तन आए पनि खेलकुदमा खासै राजनैतिक परिवर्तनको महशुस भएको छैन ।

पुरानै ढंगले २०४५ साल अगाडिकै अवस्थामा छ । त्यो परिस्थीतिको अन्त्य गर्ने मेरो प्रयास हुने छ । चाहे त्यो खेलकुद परिषद् होस या ओलम्पिक कमिटि नै होस । खेल र खेलाडी जहिले पनि सबैभन्दा अगाडी हुन्छ । ओलम्पिक कमिटी भनेको २ जना व्यक्तिको खल्तीबाट चल्नु हुँदैन । जम्मा २७ जना मतदाता रहेको ओलम्पिक कमिटीमा यसअघि १७ जना पदाधिकारी हुन्थे यसपटक २ जना बढाएर १९ जना बनाएका छौं ।

सबै जना मान्छेलाई आन्तरिक लोकतन्त्रका आधारमा काम गर्ने अवसर पनि दिनु पर्छ । म आफै पनि बिजनेस सेक्टरमा रहेकाले खेलकुद र कर्पोरेट सेक्टरलाई पनि जोड्न सक्छु । २७ वटा मध्ये १०–१२ वटा कमजोर संस्थाहरुलाई प्रत्यक्षरुपमा अभिभावको रुपमा भूमिका खेल्न सक्छु । त्यो म निर्वाचन जिते पनि गर्छु । हारे पनि गर्छु । यसपटक मैले जित्छु भन्ने ठूलो विश्वास छ । हिजोको दिनमा मेरो तयारी पनि अलि कमजोर थियो ।

अहिले मलाई थुप्रैको सद्भाव छ । त्यसैले गर्दा मेरो जित सुनिश्चित छ । मेरो पहिलो लक्ष्य भनेकै खेल र खेलाडी पहिलो लक्ष्य हो । खेलाडी र खेलकुदलाई आएको पैसा उनिहरुलाई नै होस । र मेरो अर्कोपनि के मान्यता छ भने, हामि हरेक कुराहरु छोपेर राख्छौ । म ८ वर्ष रहदा मेरो बजेट कति छ भनेर मलाई थाहा भएन । म त्यो चिजहरुबाट मुतिm चाहन्छु । हरेक हप्ता नेपालको एक राम्रो अखबारमा हाम्रो आर्थिक स्थितिबारे कुरा निकाल्छु ।

हाँ अर्थिक गतिविधी भयो कि भएन थाहा छैन् । भएको पनि हुनसक्छ नभएको पनि हुनसक्छ । मेरो मान्यता सायद भएकै छैन भन्ने मान्यता छ । तर खुला किताबलाई खुला अखबारमा छाप्दा के फरक पर्छ । त्यो पैसा भनेको ओलम्पिक कमिटिका पदाधिकारिहरुलाई आएको हैन । देशको खेल र खेल संघहरुलाई आएको हो । त्यसैले त्यस्को उचित प्रयोग गर्नु आवश्यक छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey