ओलम्पिक कमिटिका २७ मध्ये २६ मतदाता उम्मेदवार, अध्यक्षमा दुई श्रेष्ठ भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१०
  • |
  • 212 पटक हेरिएको

नेप्लेज, १० भदाै । नेपाल ओलम्पिक कमिटीको नयाँ अध्यक्षका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छन् । अघिल्लो चुनावमा पनि यी दुईले नै प्रतिस्पर्धा गरेका थिए । भदौ २० गतेहुने कार्यसमितिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिएको हो । १९ पद मध्ये १७ पदमा निर्वाचन हुने छ ।

अध्यक्षमा २, उपाध्यक्षमा ८, महासचिवमा २, सचिवमा ४, सदस्यमा ८ कोषाध्यक्षमा १ र सहमहासचिवमा १ जनाले उम्मेदवारी दिएका हुन् । २७ मतदाता रहेको ओलम्पिक कमिटीमा २६ जना उम्मेदवारको रुपमा रहेका छन् । यस पटक कुनै पनि पदमा उम्मेदवारी नदिनमो ओलम्पिक कमिटीका पूर्व अध्यक्ष तथा जिम्न्याष्टिक संघका ध्रुबबहादुर प्रधानमात्रै रहेका छन् ।

यस्तै, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना नेपाल ओलम्पिक कमिटीको उप महासचिव पदमा निर्विरोध चयन भएका छन् । उनी नेपाल एथ्लेटिक्स संघबाट प्रतिनिधिको रुपमा ओलम्पिक प्रवेश गरेका हुन् ।
उप महासचिव तिम्सिनासहित कोषाध्यक्षमा रतनकुमार टण्डन पनि निर्विरोध भए । दावी विरोधको समय सकिएपछि विहीबार उम्मेदवारको नाम सार्वजनिक हुने छ ।

पाँच उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । ज्योती राणा, तेजबहादुर गुरुङ, राजिव श्रेष्ठ, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजबैद्य, अशोक बज्राचार्य, पुष्पदास श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान सदस्यसचिव केशबकुमार विष्टसहित ४ जनाले सचिव पदका लागि उम्मेदवारी दिएका छन् । तुलसी थापा, रामजीबहादुर श्रेष्ठ र दीपकहर्ष बज्राचार्य यस पदका लागि प्रतिस्पर्धामा छन् । सचिव पदमा तीन जना निर्वाचित हुने छन् ।

कार्यसमितिको सदस्य पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । यसबाट ७ जना निर्वाचित हुने छन् । सदस्य पदमा रमेश सिवाकोटी, राम अवाले, दीर्घ केसी, मनोरञ्जनरमण शर्मा, प्रकाश राणा रगोपालसुन्दर लाल कक्षपति, टासी घले र होमबहादुर दोङले उम्मेदवारी दिएका हुन् ।
ओलम्पिक कमिटीको १९ सदस्यीय कार्यसमिति मध्ये १७ जना निर्वाचित हुनेछन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey