स्पोर्ट्स साइन्स ल्याब सञ्चालनमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०४
  • |
  • 302 पटक हेरिएको
चैत ४, काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पहिलो पटक स्पोर्ट्स साइन्स ल्याब सञ्चालनमा ल्याएको छ । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले आइतबार ल्याबको उद्घाटन गरे ।
खेलाडीको धैर्यता, गति र तागत बढाउनुका साथै खेलाडीको फिटनेस स्तरलाई अभिबृद्धि गर्ने उद्देश्यले ल्याब सञ्चालनमा ल्याइएको राखेपअन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का निर्देशक नवीन उप्रेतीले जानकारी गराए ।
उनले आगामी दिन ल्याबलाई अझ आधुनिकरण गर्दै विस्तार गर्ने योजना रहेको बताउदै तत्काललाई राष्ट्रिय टिममा रहेका १५ खेलका खेलाडीले ल्याबको सुविधा उपयोग गर्न पाउने जानकारी दिए ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको ल्याब करिब २५ लाखको लागतमा सञ्चालनमा ल्याइएको हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey